१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

स्वास्थ्य चौकी बनाउन प्रमुख सचेतक अरगरियाले ४९ लाख दिने घोषणा

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जनकपुरधाम।समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई प्रथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने भएको छ ।

कमला बचत तथा ऋण सहकारी संस्था लि. कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीको केन्द्रिय सदस्य एवम् धनुषा क्षेत्र नं.२ का सांसद ,प्रमुख सचेतक उमाशंकर अरगरियाले बचत ऋण सहकारी संस्थाको बिकास भयो भने यस भेगका जनताको आर्थिक सामाजिक बिकास जोड दिनु भयो । देशको बिकास हुनेछ । संस्थाको प्रगतिको कामना गर्दै दशै , दिपावली र छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

कमला नगरपालिका वडा नं.६ स्थित अहिलेसम्म एउटा स्वास्थ्य चौकी नभएकोहुनाले तुरुन्तै उपस्वास्थ्य चौकीको व्यवस्था गर्नको लागि आफ्नो संसदीय बजेट रकमबाट ४९ लाख रुपैया दिएर यस वडामा स्वास्थ्य चौकी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अध्यक्षता चुल्हाइ पासवानले गरेको थिए । कार्यक्रममा समाजवादी पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल , लक्ष्मेशवर यादव , त्रिलोक महतो , मोहन सढोक , छठु मण्डल लगायतका नेताकार्यकर्ता हरुको उपस्थिति थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]