०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

कपर्दी प्रतियोगिताको उपाधी सतोषर टिमको कब्जामा

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जितेन्द्र अक्षत ,सबैला । खेल जगतमा ठूलै सम्भावना बोकेका धनुषामा कपर्दीको उपाधिमाथी सतोषर टीमले जित हासिल गरेका छन।

धनुषाको सवैला नगरपालिकाको केन्द्र सवैलामा हिन्दुहरुको महान चाड दशैंको उपलक्ष्यमा आयोजित प्रदेश नं.२ स्तरीय महिला तथा पुरुष खुल्ला कपर्दी प्रतियोगिताको उपाधीमाथी सतोषर सेवा समितिले पहिलो स्थान सहित कब्जा गरेको छ।तथा दोस्रो टीम बाल कृष्ण युवा क्लब गोबिन्दपुरले दोस्रो स्थान हासिल गर्न सफल भएका छन।

सेमि फाइनलमा क्रमशः सतोषरले बि टीम गोबिन्दपुरलाइ तथा गोबिन्दपुरले बि टीम सतोषरलाइ पराजित गर्दै फाइनल राउन्डमा एकआपसमा भिडेका थिए।

गुराँस युवा क्लब सवैलाका अध्यक्ष हरेराम यादवले खेल जगतमा अव्वल भुमिकामा रहेका खेलाडीहरुलाइ उत्साहित गर्न प्रत्येक बर्ष विभिन्न चाडपर्व तथा समयमा खेल गराइरहेको भएपनी अहिलेसम्म खेलाडीहरु राष्ट्रस्तरमा आफुलाइ चिनाउन नसक्नु र राष्ट्रले खेलाडीलाई उचित सहयोग ब्यबस्थापन नगरेको प्रती दुख व्यक्त गरे।

बिजेता खेलाडीहरुलाइ नेकपा युवा नेता जगदीश यादव तथा हरिकिशोर यादवले शिल्ड,तक्मा र नगद सहित सम्माम गर्दै खेललाइ पेशा बनाए मात्र सफल हुन सक्ने निर्देशन दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]