०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

दलित छात्रालाई प्रदेश सांसद साहले गरे आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

जितेन्द्र अक्षत ,सबैला।शिक्षाको स्तरले न्यून र पहुचको चपेटामा समेत कमजोर रहेका दलित छात्रालाइ शिक्षामा स्तर उच्च र शैक्षिक दृष्टिकोणले शिक्षित तुल्याउन प्रदेश सभा सांसदले आर्थिक सहयोग सहित मनोबल उच्च बनाउन बिशेष योगदान पुर्याएको छ।

जिल्लाको धनुषा १ (क) बाट निर्वाचित साविक एमाले तथा हाल नेकपा प्रदेश सभा सांसद किशोरी साह कमलले एक दलित छात्रा राधा कुमारी महरालाई SEE पश्चात् थप उच्च शिक्षा आर्जन हेतु एच. ए. पढ्न ब्यक्तिगत तर्फबाट नगद रु.चालिस हजार सहयोग गरेको हो।

छात्रा राधा महरा २०७५ को SEE परिक्षामा श्री सरस्वती माध्यमिक बिधालय ठिल्ला सवैला बाट दोस्रो उच्च ७७.५ प्रतिशत अंक ल्याइएकि थिइन भने पहिलो अमिस महराले ७८.७५ % सहित उत्तीर्ण भएको थियो।

दशैंको उपलक्ष्यमा मनोकामना युवा क्लबद्वारा आयोजित खुल्ला क्रीकेट टुर्नामेन्टको शनिवार समापन कार्यक्रमको बिच उक्त सहयोग कार्यक्रम समेत गरिएको छ।समापन कार्यक्रममा प्रथम जनकपुर टिम र दोस्रो भारतको उमगाउ टिमलाइ नगद,प्रमाणपत्र र शिल्ड सहित सम्मानित गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए । पूजापश्चात् राष्ट्रपति पाैडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक […]