०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता मुख्यमन्त्री राउतले गरे उद्वघाटन

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

न्यूजमधेश समाचारदाता, विरगंज । पर्साको कालिकमाई गाउँपालिका वाड नम्बर ३ हरिहरपुर विर्तामा आइतबारदेखी प्रथम हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ।

गाउँपालिकाको सहयोगमा बजरंग युवा स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले गरेको छ।

प्रतियोगिताको उद्धघाटन गर्न मुख्यमन्त्रीले हरिहरपुर विर्ता स्थित रहेको खेल मैदानको रंगशालाका रूपमा बिकास गर्न प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री राउतले भने प्रदेश सरकार रंगशाला बनाउनको लागी सुरुमा २५ लाख बजेट दिन निर्णय गरेका हुन।
खेलको बिकास भयोभने सामाजिक परिवर्तन सम्भव रहेको मुख्यमन्त्री राउतले भने अब ग्रामीण क्षेत्रमा पनि खेलको लागी रंगशाला बनाउन आवश्यक रहेको छ।
वाड अध्यक्ष संजय पटेलको अध्यक्षतामा आयोजित उद्धघाटन समारोहमा प्रदेश सांसद सिंहासन साह कलवार, करीमा बेगम, भीमा यादव, पोखरिया नगरपालिकाकस मेयर दीप नारायण रौनियार, समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, कालिकमाई गांवपालिकाका उपप्रमुख राजेश चौरसिया, कालिकामाई गांवपालिकाका वाड अध्यक्ष पवन तिवारी, हरिओम साह, सोनलाल चौरसिया सहितको उपस्थिती रहेको थिए।

कार्तिक ४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा पर्सा, बारा, रौतहट, महोतरी र मकवानपुर लगाइत जम्मा ८ ओटा टिमहरु सहभागी हुने आयोजकले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो टिमलाई नगर ५० हजार रुपैया पुरस्कारको व्यवस्था रहेको आयोजक बजरंग युवा क्लबले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]