१३ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
×

हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता मुख्यमन्त्री राउतले गरे उद्वघाटन

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

न्यूजमधेश समाचारदाता, विरगंज । पर्साको कालिकमाई गाउँपालिका वाड नम्बर ३ हरिहरपुर विर्तामा आइतबारदेखी प्रथम हरिहरपुर गोल्ड कप फुटबल प्रतियोगिता शुरू भएको छ।

गाउँपालिकाको सहयोगमा बजरंग युवा स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्धघाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबू राउतले गरेको छ।

प्रतियोगिताको उद्धघाटन गर्न मुख्यमन्त्रीले हरिहरपुर विर्ता स्थित रहेको खेल मैदानको रंगशालाका रूपमा बिकास गर्न प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री राउतले भने प्रदेश सरकार रंगशाला बनाउनको लागी सुरुमा २५ लाख बजेट दिन निर्णय गरेका हुन।
खेलको बिकास भयोभने सामाजिक परिवर्तन सम्भव रहेको मुख्यमन्त्री राउतले भने अब ग्रामीण क्षेत्रमा पनि खेलको लागी रंगशाला बनाउन आवश्यक रहेको छ।
वाड अध्यक्ष संजय पटेलको अध्यक्षतामा आयोजित उद्धघाटन समारोहमा प्रदेश सांसद सिंहासन साह कलवार, करीमा बेगम, भीमा यादव, पोखरिया नगरपालिकाकस मेयर दीप नारायण रौनियार, समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, कालिकमाई गांवपालिकाका उपप्रमुख राजेश चौरसिया, कालिकामाई गांवपालिकाका वाड अध्यक्ष पवन तिवारी, हरिओम साह, सोनलाल चौरसिया सहितको उपस्थिती रहेको थिए।

कार्तिक ४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा पर्सा, बारा, रौतहट, महोतरी र मकवानपुर लगाइत जम्मा ८ ओटा टिमहरु सहभागी हुने आयोजकले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख र दोस्रो टिमलाई नगर ५० हजार रुपैया पुरस्कारको व्यवस्था रहेको आयोजक बजरंग युवा क्लबले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]