२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

बालिका मुस्कान माथी एसिड प्रहार दोषीलाई कड़ा कारबाही गर्ने एसपीलाई सांसद यादवको निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन २७, २०७६

न्यूजमधेश समाचारदाता,बिरगंज । बालिका मुस्कान माथी एसिड प्रहार गर्ने दोषीलाई करवाही गर्न जिल्ला प्रहरी कार्यलय पर्साका एसपीलाई सांसद प्रदिप यादवले निर्देशन दिएका छ्न।

दोषी उमिकनु हुदैन,दोषीलाई कड़ा मुदा लगाउनु पर्छ र यस्ता घटना नदोहरिने गरि सुरक्षाको प्रबन्ध बलियों बनाउनु पर्छ भन्ने प्रहरी उपरिक्षकलाई निर्देशन र छलफल गर्नु भएको छ ।

सांसद यादव निरन्तर रुपमा घटनाको पीड़ित मुश्कान लाई भेटेर उपचारको प्रबन्ध देखरेख गरिरहेको सर्व बिदितै छ । दोषीलाई समेत आजीवन कारावास को लागि आज जिल्ला प्रहरी प्रमुख लाई भेटेर कारबाहीको सम्बन्धमा चासो राख्नु भएको छ।

प्रहरी प्रमुख ले दोषी लाई बर्तमान कानून बमोजिम कड़ा धारा हरु जोडिएको र अदालत मा मुदा दायर भएको जानकारी गराउनु भएको छ। संसद यादव सँगै प्रदेश पत्रकार महासंघ अध्यक्ष दीपेन्द्र चौहान , जिल्ला पत्रकार महासंघ अध्यक्ष श्याम बनजारा लगयत अन्य पत्रकार हरु को सहभागिता रहेको थियो।

सांसद यादवले कानून सशोधनको लागि आफु सदन मा समेत आवाज उठाएको बारे प्रष्ट पारेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]