०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

रविराजलाई छालाको आधारमा विभेद गरेको : मन्त्री यादव

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

जनकपुरधाम । नेपाल लेक स्टार कार्यक्रममा प्रदेश नं. २ बाट भाग लिएका रविराज साहलाई छालाको आधारमा गरेको विभेदपूर्ण तरिकाले विजेता नबनाएको आरोप लगाइएको छ ।

मधेश ग्रामिण विकास परियोजनाद्वारा सोमवार आयोजित ‘रविराज सम्मान’ कार्यक्रममा सहभागी वक्ताहरुले मधेशी जनताप्रति केही पहाडे शासकहरुले गर्दै आएको विभेद यस पटक मधेशका प्रतिभावान गायक रविराज साहसँग पनि विभेदपूर्ण तरिकाले विजेता घोषणा नगरेको कुरा दोहोर्याएका छन् ।

परियोजनाका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि आर्थिक मामिला तथा विकास मन्त्री विजय कुमार यादवले मधेशी जनताप्रति विभेद आज मात्र भएको होइन, पूर्वकालदेखि नै हुँदै आएको छ । तर अब त्यो विभेदकारीलाई चिरेर मधेशी प्रतिभावानहरु अगाडि बढ्ने बताएका छन् ।

मन्त्री यादवले विभिन्न विद्यामा दक्षहरुका लागि प्रदेश सरकारले आफै रंगशाला, संगीत महाविद्यालय लगायतको स्थापना गर्न लक्ष्य लिएको बताएका छन् । उनले भने, ‘सुनलाई जति तताउँछ त्यतिकै चम्किन्छ । मधेशी प्रतिभावनप्रति जति विभेद गर्छन त्यतिकै निखार भएर देखाउनेछ ।’

सम्मान कार्यक्रममा गायक रविराज साहले आफ्नो गायनबाट उपस्थित दर्शकहरुलाई मनमुग्ध पारेका थिए । कार्यक्रममा प्रदेश साँसद रामअशिष यादव, जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठ, पूर्व अध्यक्ष ई. प्रकाशचन्द्र साह, संघीय समाजवादी पार्टीका नेता विष्णुदेव साह, पत्रकार पुरान साह लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन पत्रकार ओम प्रसाद नेपालीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]