०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

लाहानको हिलाम्मे सडकको कारणले स्थानीय सास्तीमा

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

मनोज बनैता, लाहान । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीय वासी सास्ती भोग्न बाध्य छन ।

दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लाहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो । पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ ।

नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै बिकासका पुर्वाधारको छाट्काट देखिएको छैन । कैयौं पटक नगरपालिका लाई सडक बनाईदिन निवेदन दिएपनी नगरपालिका ले कुनै टेरपुछर नलगाएको स्थानीय बताउँछन् ।

नाम नखोल्ने शर्तमा कृष्णाटोलको एक नेकपा कै कार्यकर्ताका अनुसार नगरपालिका अधिकारी सङ्ग कुरा गर्दा यहाँ बसाइँसराइ नगरेकाहरुको बसाइँ रहेको र उनीहरु नगरको भोटर नहुनुको कारणले दुःख भोग्नु परेको हो ।

दिनहुँजसो गाडीहरू यस टोलको हिलाम्मे सडकमा फस्ने र स्थानियको सहयोगमा निकालिने गरिन्छ । मोटरसाइकल चालकहरुको पनि आफ्नै पीडा छ यहाँ । यस टोलका अधिकान्स वासीहरु शिक्षक पेशामा आबद्ध छन । बिहान विधालयको लागि मोटरसाइकल लिएर हिडदा जुत्ता फुकालेर हिलो छल्नुपर्ने बाध्यता छ । लाहान नगरको समृद्धिको सपना देख्ने जनप्रतिनिधि यस्ता समस्याबाट पन्छिन खोज्नु स्थानीयको लागी चिन्ताको विषय बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]