०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

जनमत पार्टी बाकेद्वारा “नेतृत्व विकास” सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

न्यूजमधेश समाचारदाता ,नेपालगन्ज । डा सीके राउत नेतृत्वका जनमत पार्टीले “नेतृत्व विकास” सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार विष्णु यादवको अध्यक्षतामा बाकेका भेरी होटलको सभाहलमा जिल्लाका भरका प्रमुख नेता तथा कार्यकर्ताहरुको उपस्तिथिमा प्रशिक्षक तथा जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले प्रशिक्षण दिएका हुन।

फोटो: इर्फान शेख

अगामी दिनमा जनमत पार्टीको भविष्य सुनिश्चित छ, जनमत पार्टीमात्र मधेशीहरुको जिवनस्तरको एकमात्र पार्टी हो भन्दै जनमत पार्टीका सदस्य ईरफान शेष र प्रशिक्षकको रुपमा अब्दुल खाँनले जिल्लाका आबद्ध १ सय भन्दा बडी कार्यकर्ताहरुलाई सहभागि गराइ प्रशिक्षण दिइएको एक सदस्यले बताएका छन् ।

विष्णु यादवको अध्यक्षतामा सञ्चालन भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मोहम्मद हुशेन शाह, जाबिर हल्वाइ, अनवर खाँ आजाद, रियाज अहमद शेष, हसिब जसगड, हरपाल सिंह, इसारत शाह, अब्दुल वाहिद शेष लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कोहलपुरमा जनमत पार्टीले आफ्नो पकड बनाउने उद्देश्यले विभिन्न पटक प्रशिक्षण तथा संगठन बिस्तारमा जोड दिदै आईरहेको छ ।

उक्त कार्यक्रममा जनमत पार्टीका सम्पूर्ण युवाहरुलाइ प्रशिक्षण दिई गाँउगाँउमा परिचालन गरि जनतालाई जागरुक बनाउने उद्देश्यका साथ लगातार प्रशिक्षणहरु चलाइएको जनमत पार्टीका नेता ए.के.आजादले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]