०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सांसद साह पक्राउको विरोधमा जल्दै जनकपुर

Logo
प्रकाशित मंगलबार, आश्विन २८, २०७६

न्यूजमधेश समाचारदाता ,जनकपुरधाम। सांसद प्रमोद  साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा कार्यकर्ताले जनकपुरमा टाइरबालेर प्रदर्शन गरेका छ्न।

सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका साहलाई प्रहरीले अड्डान गरेर जहाजमार्फत् जनकपुर नै लाएको छ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थाहा पाएपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो।

त्यसपछि प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर पक्राउ गरेको हो।उनीहरुले प्रहरी प्रशासन मुर्दावाद, सांसद साहलाई रिहा गर भन्दै नाराबाजी गरेका छन्।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका युवा नेता प्रशान्त झाको अगुवाइमा जनकपुरको भानु चौकमा टाइर बालेर विरोध प्रदर्शन गरेका छन।

कार्यक्रममा राजपा नेपालका केन्द्रिय सदस्य संजय चौधरीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन।उक्त कार्यक्रममा  किशन साह,दिपक यादव,मनोज साहलगाइत युवा नेताहरुको समेत उपस्थिति रहेका थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]