१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

शहिदनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह मध्ये एक पक्राउ

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

न्यूजमधेश ,समाचारदाता,जनकपुरधाम ।धनुषामा मोटरसाईकल चोरी गर्ने गिरोह मध्ये एक जना पक्राउ परेका छन ।

जिल्लाको शहिदनगर नगरपालिका वार्ड न. ८ विसरभोरा पटक पटक चोरी भइरहदा शंकाको आधारमा पक्राउ गरेपछि चोरी गिरोहको पर्दाफास भएको जनाइएको छ । पक्राउ पर्नेमा सोहि गाउकै स्थानिय विशुन गोइतका छोरा २५ वर्षिय सोनु गोइत रहेका छन । मंगलवार मध्यरात्रीको समयमा स६प २७७५ नम्वरको पल्सर गाडी चोरी भएपछि खोजवीन गर्दा चोरी गर्ने गिरोह रहेको रहस्योदघाटन भएको थियो । गिरोहका अन्य व्यक्तिहरु फरार भएको वताइएको छ ।

विसरभोरामा पहिले पनि मोटरसाईकल चोरी हुदा पक्राउ परेकै व्यक्तिहरुको हात रहेको आरोप लाग्दा पनि राजनीतिक संरक्षणमा वाच्दै आएको त्यहिका स्थानिय जैनुल राइनले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]