०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सबैलामा जारी जिल्ला स्तरीय खुल्ला क्रीकेट खेलमा गौरिपुर टिम बिजय भयो

Logo
प्रकाशित बुधबार, आश्विन २९, २०७६

अमिस महरा, जनकपुरधाम ।धनुषाको सबैलामा दशैंको शुभ पावन अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला क्रीकेटमा गौरिपुर टीमले बिजय हासिल गरेको छ।

प्रत्येक बर्षझैं यस बर्ष पनि क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको सवैला नगरपालिकाको सवैलामा आदर्श क्रीकेट टीमले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला क्रीकेटमा आयोजक टीमलाइ पछि छोड्दै गौरिपुरले जित हासिल गरेको छ।

बुधबार सहिद मैदानमा टस जितेर गौरिपुरले ब्याटिङ रोजेपछि खेल आरम्भ गरिएको थियो जसमा गौरिपुरले आयोजक टीमलाई १४३ रनको लक्ष्य दिदै आफ्नो पारी समाप्त गरेको थियो।दोस्रो पारि खेलेका आदर्श टीमले आफ्नो सम्पुर्ण बिकेट गुमाउदै मात्र ७६ रन जोडेर रनर अप बन्न पुगे।

बिजेता दुबै टिमलाइ प्रमुख आतिथ्य गरिरहेका सवैला नगरपालिकाका नगरप्रमुख बिजयशंकर प्रसाद साहले खेलाडिहरुलाइ मनोभाव बढाउन प्रथम बिजेता टिमलाइ २५ हजार नगद सहित शिल्ड र कप तथा रनर अपलाइ समेत पुरस्कृत गर्दै खेलको समापन गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]