१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

मुस्कानको मुख ल्यायो मुस्कान : सांसद यादव

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,काठमाडौं । एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव पिडा दिएका पिडकलाई भइरहेको कारवाही बारे जानकारी गराउदाँ उनी एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताए।

सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग सोमबार एसिड आक्रमण गर्ने पिडक माजिद आलम र सम्साद मियाँ माथि के कस्तो कारवाही भईरहेको बारे बुझ्नु भएको थियो । सोही कारवाही प्रकृया र कडा भन्दा कडा कारवाही लागी आफुले निर्देशन दिएको कुरा बताउँदा एसिड पिडित मुस्कान खातुनले केही राहत महशुस गरेको हो ।

खातुनका बुवा रसुल मियाँले आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय माग गरेपनी नेपालको कानुनमा मृत्युदण्ड नरहेकाले जीवनभर कैद भुक्तानका लागी कार्वाही प्रकृया अगाडी बढाइएको बताउँदा बुवासंगै मुस्कान पनी केही राहत पाएको आमा सहनाजले बताउनुभयो।

एसिड बिक्रि गर्ने हार्डवेयर पसल संचालक मनिस मण्डलमाथि पनी कार्वाही प्रकृया अगाडी बढाएकोमा बुवा रसुल मियाँले सांसद यादवलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यता सांसद प्रदिप यादवले उपचारमा संलग्न कीर्तिपुर अस्पतालका चिकित्सक डा। सुरेन्द्र बस्नेतसंग मुस्कानको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नु भएको थियो । चिकित्सक बस्नेतका अनुसार स्वास्थ्य अवस्थामा केही सुधार भएपनी कानको जालीमा धेरै असर गरेकाले थप पलास्टिक सर्जरी लगायतको शल्यक्रियाका लागी समय लाग्ने जानकारी गराउनु भएको थियो ।

स्वास्थ्यमा सुधार भइरहे पनि उनकी आमालाई भने छोरी पूर्णरुपमा निको हुन्छे कि हुन्न भन्ने चिन्ताले सताएको छ । सांसद यादवले चिकित्सकसंगसंगै आमा बुवासंग कुरा गर्दा छोरीको अवस्था हेरर उनिहरुको पुरै अकाश खसेको जस्तो महशुस गरिरहेको बताउनुभयो । कुराकानीको क्रममा आफुले बहिनि मुस्कानको लागी जस्तोसुकै लडाई लड्न तयार रहेको सांसद यादवले आश्वासन दिनु भएको थियो ।

एसिड आक्रमणबारे किर्तिपुर अस्पतालमै अनुसन्धानका लागी खटिएका प्रहरी नायब उपरिक्षक छेदिलाल कमातसँग पनि सांसद यादवले विस्तृत रुपमा बुझ्नु भएको छ । पिडकलाई कारवाहीका लागि मुख्य अधार रहेको किर्तिपुर अस्पतालको रिपोर्ट हालसम्म जिल्ला प्रहरी कार्यालय समक्ष आईनपुग्नुको कारण बारे समेत बुझ्नु भएको थियो । जवाफमा अस्पतालसंगको समन्वयमा रिपोर्ट संकलन हुने काम भईरहेको उहाँले जानकारी गराउनु भएको थियो ।

यसअघि समाजवादी पार्टीका सांसद प्रदीप यादवले भदौँ २९ गते सांसदको विशेष समयमा बौल्दै संविधानमा रहेको कानुन संशोधन गरेर एसिड आक्रमणका दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]