२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

शिक्षाको सम्पुर्ण जिम्मेवारी प्रदेश मातहत हुनुपर्छ:मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,महोत्तरी। मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत एकै दिन महोत्तरी जिल्ला को चार बिद्यालयमा साइकल बितरन कार्यक्रम सम्पन्न भएकोे छ ।

मुख्यमन्त्री लालबाबु राउत को उपस्थिति मा चारवटै बिद्यालयमा साइकल बितरन गरिएको हो ।
महोत्तरी पिपरा गापा स्थित श्री मा वि सहोडबा मा ३३ , राम नारायण अयोध्या मा बि पिपरा मा ९५, जलेश्वर न पा को प्रकौली मा बि मा ६८, र एकडारा मा बि मा ७६ कक्षा ८ मा अध्यनरत छात्राहरु लाई साइकल बितरन गरिएको हो ।

साइकल बितरन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षा को सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार मातहत हुनुपर्ने बताउनु भएको छ ।
संघीय सरकार को शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धराशायी हुँदै गएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसको जिम्मेवारी प्रदेश सरकार लाई दिनु पर्ने बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले स्थानीय
सरकार लाई जिम्मा दिइयेको माध्यमिक तह सम्मको शिक्षा मा समेत संघीय सरकार ले बखेदा झिकेर समस्या निम्त्याएको आरोप लगाउनु भयो ।
उहाँ ले प्रदेश सरकार बेटी बचाउ बेटी पढाउ कार्यक्रम मार्फत प्रदेशका महिला हरुमा शैक्षिक क्रान्ति ल्याउने प्रयास गरिरहेको दाबी समेत गर्नु भयो। मुख्यमन्त्री राउतले छोरी लाई अभिशाप नभै बरदान बुझ्न आग्रह गर्नुहुदै छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भब हुने उल्लेख गर्नु भयो । उहाँ ले आज को आबश्यक्ता प्राबिधिक शिक्षा रहेको ले प्रदेश सरकार प्रदेश लाई प्राबिधिक शिक्षाको हब बनाउने दिशामा अग्रसर रहेकोे प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

साईकल बितरन कार्यक्रममा पुर्व मन्त्री एव समाजबादी पार्टी का केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य रबिन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक बिकास राज्य मन्त्री अभिराम शर्मा , आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिह कुशवाहा, समाजबादी पार्टी महोत्तरी का अध्यक्ष नागेन्द्र यादव सहितको उपस्थिति रहेकोे थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]