२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

शिक्षाको सम्पुर्ण जिम्मेवारी प्रदेश मातहत हुनुपर्छ:मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,महोत्तरी। मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत एकै दिन महोत्तरी जिल्ला को चार बिद्यालयमा साइकल बितरन कार्यक्रम सम्पन्न भएकोे छ ।

मुख्यमन्त्री लालबाबु राउत को उपस्थिति मा चारवटै बिद्यालयमा साइकल बितरन गरिएको हो ।
महोत्तरी पिपरा गापा स्थित श्री मा वि सहोडबा मा ३३ , राम नारायण अयोध्या मा बि पिपरा मा ९५, जलेश्वर न पा को प्रकौली मा बि मा ६८, र एकडारा मा बि मा ७६ कक्षा ८ मा अध्यनरत छात्राहरु लाई साइकल बितरन गरिएको हो ।

साइकल बितरन कार्यक्रम लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षा को सम्पुर्ण जिम्मेवारी प्रदेश सरकार मातहत हुनुपर्ने बताउनु भएको छ ।
संघीय सरकार को शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धराशायी हुँदै गएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसको जिम्मेवारी प्रदेश सरकार लाई दिनु पर्ने बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले स्थानीय
सरकार लाई जिम्मा दिइयेको माध्यमिक तह सम्मको शिक्षा मा समेत संघीय सरकार ले बखेदा झिकेर समस्या निम्त्याएको आरोप लगाउनु भयो ।
उहाँ ले प्रदेश सरकार बेटी बचाउ बेटी पढाउ कार्यक्रम मार्फत प्रदेशका महिला हरुमा शैक्षिक क्रान्ति ल्याउने प्रयास गरिरहेको दाबी समेत गर्नु भयो। मुख्यमन्त्री राउतले छोरी लाई अभिशाप नभै बरदान बुझ्न आग्रह गर्नुहुदै छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भब हुने उल्लेख गर्नु भयो । उहाँ ले आज को आबश्यक्ता प्राबिधिक शिक्षा रहेको ले प्रदेश सरकार प्रदेश लाई प्राबिधिक शिक्षाको हब बनाउने दिशामा अग्रसर रहेकोे प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

साईकल बितरन कार्यक्रममा पुर्व मन्त्री एव समाजबादी पार्टी का केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य रबिन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक बिकास राज्य मन्त्री अभिराम शर्मा , आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिह कुशवाहा, समाजबादी पार्टी महोत्तरी का अध्यक्ष नागेन्द्र यादव सहितको उपस्थिति रहेकोे थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]