१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

धनुषाकाे खजुरिमा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको मृत्यु , एक अवस्था गम्भीर

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम। धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु र एक गम्भीर घाइते भएका छ्न।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ स्थित रहेको के.एस.एस.बी उच्च मा.वि.खजुरीको बालाबिकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो ।

जनकनन्दिनी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी चंच्लाको शरीरमाथि नै पर्खाल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रधानाध्यापक रामकिशोर यादवले जानकारी दिएको छ । प्रधानाध्यापक यादवका अनुसार पर्खालले च्यापिएर गफुर साफीको छोरा ६ वर्षीय मोहम्मद समिर साफी गम्भीर घाइते भएको छ।

गम्भीर घाइते साफीलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भवन नभए पछि जनकपुरबाट थप उपचारको लागी विराटनगरको न्यूरो अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए ।
मृतक सदाको शव अहिले जनकपुर अञ्चलमा पोस्टमार्ट गर्नको राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]