०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

धनुषाकाे खजुरिमा विद्यालयको पर्खाल भत्किँदा एक विद्यार्थीको मृत्यु , एक अवस्था गम्भीर

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम। धनुषामा विद्यालय भवनको पर्खाल भत्किँदा च्यापिएर एक विद्यार्थीको मृत्यु र एक गम्भीर घाइते भएका छ्न।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.४ स्थित रहेको के.एस.एस.बी उच्च मा.वि.खजुरीको बालाबिकास कक्षाको जीर्ण भवनको पर्खाल भत्किँदा च्यापिएर ७ वर्षीय सँसना सदाको ज्यान गएको हो ।

जनकनन्दिनी गाउँपालिका ४ बस्ने राजकुमार सदाकी छोरी चंच्लाको शरीरमाथि नै पर्खाल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रधानाध्यापक रामकिशोर यादवले जानकारी दिएको छ । प्रधानाध्यापक यादवका अनुसार पर्खालले च्यापिएर गफुर साफीको छोरा ६ वर्षीय मोहम्मद समिर साफी गम्भीर घाइते भएको छ।

गम्भीर घाइते साफीलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भवन नभए पछि जनकपुरबाट थप उपचारको लागी विराटनगरको न्यूरो अस्पतालमा रेफर गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए ।
मृतक सदाको शव अहिले जनकपुर अञ्चलमा पोस्टमार्ट गर्नको राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]