१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

सांसद साहको रिहाईको माग गर्दै लाहानमा चक्काजाम

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

मनोज बनैता, लाहान। सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपाल सिरहाले सांसद प्रमोद साहको रिहाईको माग गर्दै बिहीबार लाहानको पुर्व पश्चिम  लोकमार्ग मा आधा घन्टा चक्काजाम गरेका छन । चक्काजामका कारणले लोगमार्गमा चल्ने सम्पुर्ण सवारी साधन ठप्प हुन पुगेका थिए । राजपा नेपालका लाहान नगर अध्यक्ष शत्रुधन मण्डलले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सांसद साहको तत्काल रिहाई र बुद्ध एअर कम्पनीलाई कारवाहीको मांग गर्दै बन्द सहितका आन्दोलनको कार्यक्रम अघि सारेको छ।
सांसद साहलाई रिहाइ नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने राजपा केन्द्रिय सदस्य राकेश झा ले बताए ।

राजपाले सांसद साहको बिना शर्त तत्काल रिहाई गरी झुठा मुद्दा फिर्ता, जनतामैत्री सेवा नदिएका कारण बुद्ध एयरको दर्ता खारेजी र नागरिक उडडयन कार्यालय जनकपुरका प्रमुख संतोष ढकाललाई कडा कार्वाहीको माग अघि सारेका हुन्।
राजपा नेता डा.जयनारायण यादव बताउछन कि ‘विगत धेरै वर्ष देखी आम जनताले एयरलाइन्सहरुबाट भोगी रहेको पिडा अहिले सम्म नत कुनै राजनैतिक दल, नत कुनै समाजिक अभियन्ता,नत कुनै व्यक्तिहरुबाट उठाइयो र हामी सम्पुर्ण जनता जस्तो सुकै इमर्जेन्सी हुदा पनि एयरलाइन्सको लापरबाही सहेर बसेको अवस्था कायम नै छ । यस्तो अवस्थामा सांसद साहले त्यहाँ भइ रहेको एयरलाइन्सहरुको गलत र मनमानी  क्रियाकलापलाई कसरी सहन सक्थ्यो। सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा गराउँदै कुनै किसिमको पहलको अनुभुती न हुदा र भिआपी कक्षमा बिरामी छटपटाई रहेको हेरि रहँदा सांसद साहले बुद्ध एयरको काउन्टमा लातले हानेको हो जसलाई काठमाडौका विभिन्न मिडियाले थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]