२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सांसद साहको रिहाई माग गर्दै, गृहमन्त्री थापा र नागरिक उड्डयनमन्त्री भट्टराईको पुतला दहन

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । प्रतिनिधि सभा सदस्य सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा र संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला दहन गरेको छ।

यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले बिहीबार जनकपुरमा मन्त्रीहरुको पुतला जलाएको छ।

उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपाका सांसद साहको पक्राउको विरोधमा राजपा नेपालको आन्दोलनको कार्यक्रम अन्तर्गत भोलि शुक्रबार विरोध जुलुस प्रदर्शन गरने छ भने शनिबार कार्तिक २ गते धनुषा जिल्ला बन्दको गर्ने घोषण गरेको पार्टीका केन्द्रीय सदस्य संजय चौधरीले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]