१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

यामाहाको भिक्ट्री योजनामा विजेतालाई एक लाखको चेक हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, आश्विन ३०, २०७६

मनोज बनैता, लाहान। यामाहाको भिक्ट्री योजना अन्तर्गत विजेतालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

पुरस्कार प्राप्त गर्ने ग्राहक सप्तरी कडरबोना निवासी जहिरा खातुन हुन । यामाहा मोटरसाइकल तथा  स्कुटरका लागि यस क्षेत्रका अधिकृत विक्रेता एस एस अटो सेन्टर लहानमा विजया दशमीको शुभ अवसर पारेर यामाहा भिक्ट्री योजना अन्तर्गत सप्तरी कडरबोना निवासी मोहम्मद जाविद राइनले आफ्नो पत्नी जहिरा खातुनको नाममा यामाहा एस जेड आर मोटरसाइकल खरिद गरेका थिए ।

यामाहा भिक्ट्री योजनाको पहिलो लक्की ड्र अन्तर्गत उनी प्रदेश २ को   पहिलो विजेता भएकी छिन । उनलाई  एक कार्यक्रमका बीच एस एस अटो सेन्टर लहानका संचालक संजिव साहको उपस्तिथिमा शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट एक लाखको चेक हस्तान्तरण गरिएको छ।

यामाहा स्कुट र मोटरसाइकल खरीद गर्ने लाई हरेक दिन गरिने लक्की ड्रबाट एक लाख नगद जित्ने मौका रहेको एस एस अटो सेन्टर लहानका संचालक संजिव साहले जानकारी दिए । साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ।

यामाहाको शोरुममा बाइकको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई विजेता  बन्न दिनहु सयौंको संख्यामा ग्राहक भ्रमण गरिरहेको सन्चालक साहले बताँउछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]