१२ मंसिर २०८२, शुक्रबार
28-11-2025 , Fri
×

आमाको अवैध यौन सम्पर्कका कारण आमा छोरीको हत्या

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ।

एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्।

‘उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको थियो’, उनले भने, ‘हत्या हुनुको मुख्य कारण आमाको अवैध यौन सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ।’ गएको असोज २४ गते त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षीय रामहरी साहा पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए। ‘पाँच वर्षअघिदेखि पक्राउ परेका साह र मृतक बच्चीकी आमासँग अवैध रुपमा यौन सम्पर्क हुँदै आएको छ’, उनले भने, ‘पछि पक्राउ परेका साह र बच्चीकी आमाको कुरा नमिलेपछि हत्या भएको अनुसन्धानबाट खुल्छ।’

प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

‘पहिला आमालाई हत्या गरेको अनुसन्धानबाट खुल्छ’ उनले भने, ‘पछि छोरीलाई पनि पोल खुल्ने डरले हत्या गरेको पाइन्छ।’ हत्या गरेको घरको कोठाभित्र सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ। आमा शारदाकुमारी चौधरी श्रीमान तथा ९ वर्षीया छोरी रचना चौधरीको बुवा वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ।

श्रीमान वैदेशिक रोजगारीमा गएको वेला परपुरुषसँग यौन सम्पर्क राख्ने आमाको कारण छोरीको समेत ज्यान गएको प्रहरीको निश्कर्ष छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]