१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

आमाको अवैध यौन सम्पर्कका कारण आमा छोरीको हत्या

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ।

एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्।

‘उदयपुरको त्रियुगा नगरपालिका ९ चौकिवारीमा आमा र छोरीको हत्या भएको थियो’, उनले भने, ‘हत्या हुनुको मुख्य कारण आमाको अवैध यौन सम्पर्क रहेको अनुसन्धानबाट खुलेको छ।’ गएको असोज २४ गते त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया आमा शारदाकुमारी चौधरी (गोमा) र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्याको आरोपमा सिरहा लाहान नगरपालिका ८ का ४० वर्षीय रामहरी साहा पक्राउ परेको एसपी बुढामगरले जानकारी दिए। ‘पाँच वर्षअघिदेखि पक्राउ परेका साह र मृतक बच्चीकी आमासँग अवैध रुपमा यौन सम्पर्क हुँदै आएको छ’, उनले भने, ‘पछि पक्राउ परेका साह र बच्चीकी आमाको कुरा नमिलेपछि हत्या भएको अनुसन्धानबाट खुल्छ।’

प्रहरीका अनुसार पक्राउ परेका साहले महिलाले ओड्ने सलले बाँधेर थिची धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए।

‘पहिला आमालाई हत्या गरेको अनुसन्धानबाट खुल्छ’ उनले भने, ‘पछि छोरीलाई पनि पोल खुल्ने डरले हत्या गरेको पाइन्छ।’ हत्या गरेको घरको कोठाभित्र सुनका गरगहाना समेत प्रहरीले बरामद गरेको छ। आमा शारदाकुमारी चौधरी श्रीमान तथा ९ वर्षीया छोरी रचना चौधरीको बुवा वैदेशिक रोजगारीमा गएको प्रहरीको भनाइ छ।

श्रीमान वैदेशिक रोजगारीमा गएको वेला परपुरुषसँग यौन सम्पर्क राख्ने आमाको कारण छोरीको समेत ज्यान गएको प्रहरीको निश्कर्ष छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]