२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सांसद साहले साधारण तारीखमा रिहा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । जनकपुर स्थित विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् ।

शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।

गत सोमबार जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको विमान ढिलो भएको एक बिरामी छटपटाई रहेको सहन नसकेपछि आक्रोशमा सांसद साहले सो विमान कम्पनीको काउण्टर तोडफोड गरेको थियो ।
तोडफोडपछि बुद्ध एअरका कर्मचारीले उनलाई काठमाडौ जानबाट विमान चढन रोकेपछि दुवै पक्षबीच हातपातको अवस्था समेत उत्पन्न भएको थियो ।
घटनापछि बुद्ध एअरको दबावमा नागरिक उड्यान प्राद्यिकरण जनकपुरले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दामा उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

सोही उजुरीको आधारमा घटनाको भोली पल्टै मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट ओखलढुंगा जाने क्रममा सांसद साहलाई प्रहरीले पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिन उनलाई अनुसन्धानका लागि जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । अनुसन्धानका लागि ४ दिन म्याद थपिएपनि दोश्रो दिनमै प्रहरीले जिल्ला अदालतमा मुद्दा गरेपछि शुक्रवार उनी थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]