०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

सांसद साहले साधारण तारीखमा रिहा

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०१, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । जनकपुर स्थित विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् ।

शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।

गत सोमबार जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको विमान ढिलो भएको एक बिरामी छटपटाई रहेको सहन नसकेपछि आक्रोशमा सांसद साहले सो विमान कम्पनीको काउण्टर तोडफोड गरेको थियो ।
तोडफोडपछि बुद्ध एअरका कर्मचारीले उनलाई काठमाडौ जानबाट विमान चढन रोकेपछि दुवै पक्षबीच हातपातको अवस्था समेत उत्पन्न भएको थियो ।
घटनापछि बुद्ध एअरको दबावमा नागरिक उड्यान प्राद्यिकरण जनकपुरले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दामा उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको थियो ।

सोही उजुरीको आधारमा घटनाको भोली पल्टै मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट ओखलढुंगा जाने क्रममा सांसद साहलाई प्रहरीले पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिन उनलाई अनुसन्धानका लागि जनकपुर ल्याएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । अनुसन्धानका लागि ४ दिन म्याद थपिएपनि दोश्रो दिनमै प्रहरीले जिल्ला अदालतमा मुद्दा गरेपछि शुक्रवार उनी थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]