२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

धनुषाको शहिदनगरमा मोटरसाइकल चोरको आतंक

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मोटरसाइकल चोरले आतंक मच्चाएको छ । मोटरसाइकल चोरीमा संलग्नहरुले फोन मार्फत पीडितलाई अनेक खालका धम्की दिन थालेका छ।

शहिदनगर नगरपालिका ८ बिसरभोरामा चार दिन अगाडी रातिको समयमा जैलुन राइनको घरबाट स ६ प २७७५ नम्बरको पल्सर मोटरसाइकल चोरी भयो । उक्त मोटरसाइकल सकिना खातुनको नाममा रहेको छ । मोटरसाइकल चोरीमा संलग्न सोनु गोइत पक्राउ पनि परेका छन् । उनलाई अहिले प्रहरी कार्यालय यदुकोहामा राखिएको छ । तर मोटरसाइकल भने फेला परेका छैन । सोनु पक्राउ परेपछि उनकै समूहका सुरेश विराजीले फोन मार्फत पीडितलाई धम्की दिन थालेका छन् ।

मोटरसाइकल धनी मो. सफिजुललाई फोन गरेर सानुमाथि दिएको उजुरी फिर्ता लिऊ नत्र देखाइदिन्छु भन्दै धम्की दिएका छन् । करिब ५ मिनेटसम्म उनलाई प्रहरीबाट सोनुलाई नछुटाए जे पनि गर्छु भन्ने सम्मको धम्की दिएका हुन् । फोनमा उनले भनेका छन्– मेयर उदय बरबरियाले मलाई फोन गरेर धेरै गाली गर्यो । तिमी सोनुलाई हिरासतबाट बाहिर निकाल । त्यसपछि म मोटरसाइकल दिन्छु ।’

फोनमा धम्की दिने विराजी जनकपुरमा बस्दै आएको स्रोतको दावी छ । तर उनलाई प्रहरीले समात्न सकेका छैन् । उनी पक्राउ नपर्दा पीडित असुरक्षित बनेका छन् । विराजी र पक्राउ परिसकेका सोनु सहितका केहि व्यक्ति शहिदनगर नगरपालिकामा आतंक मच्चाएको स्थानीयको भनाई छ ।

शहिदनगर नगरपालिकाबाट केहि दिनभित्रै करिब ३ मोटरसाइकल चोरी भएको छ । सबै मोटरसाइकल चोरीमा उनीहरुकै गिरोहको संलग्नता रहेको स्थानीयको दावी छ । चोरहरुसंग स्थानीय जनप्रतिनिधिको समेत मिलोमतो रहँदा उनीहरु पक्राउ नपरेको पनि स्थानीयको गुनासो छ । साभार:टुडेखोज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]