१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

धनुषाको शहिदनगरमा मोटरसाइकल चोरको आतंक

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा मोटरसाइकल चोरले आतंक मच्चाएको छ । मोटरसाइकल चोरीमा संलग्नहरुले फोन मार्फत पीडितलाई अनेक खालका धम्की दिन थालेका छ।

शहिदनगर नगरपालिका ८ बिसरभोरामा चार दिन अगाडी रातिको समयमा जैलुन राइनको घरबाट स ६ प २७७५ नम्बरको पल्सर मोटरसाइकल चोरी भयो । उक्त मोटरसाइकल सकिना खातुनको नाममा रहेको छ । मोटरसाइकल चोरीमा संलग्न सोनु गोइत पक्राउ पनि परेका छन् । उनलाई अहिले प्रहरी कार्यालय यदुकोहामा राखिएको छ । तर मोटरसाइकल भने फेला परेका छैन । सोनु पक्राउ परेपछि उनकै समूहका सुरेश विराजीले फोन मार्फत पीडितलाई धम्की दिन थालेका छन् ।

मोटरसाइकल धनी मो. सफिजुललाई फोन गरेर सानुमाथि दिएको उजुरी फिर्ता लिऊ नत्र देखाइदिन्छु भन्दै धम्की दिएका छन् । करिब ५ मिनेटसम्म उनलाई प्रहरीबाट सोनुलाई नछुटाए जे पनि गर्छु भन्ने सम्मको धम्की दिएका हुन् । फोनमा उनले भनेका छन्– मेयर उदय बरबरियाले मलाई फोन गरेर धेरै गाली गर्यो । तिमी सोनुलाई हिरासतबाट बाहिर निकाल । त्यसपछि म मोटरसाइकल दिन्छु ।’

फोनमा धम्की दिने विराजी जनकपुरमा बस्दै आएको स्रोतको दावी छ । तर उनलाई प्रहरीले समात्न सकेका छैन् । उनी पक्राउ नपर्दा पीडित असुरक्षित बनेका छन् । विराजी र पक्राउ परिसकेका सोनु सहितका केहि व्यक्ति शहिदनगर नगरपालिकामा आतंक मच्चाएको स्थानीयको भनाई छ ।

शहिदनगर नगरपालिकाबाट केहि दिनभित्रै करिब ३ मोटरसाइकल चोरी भएको छ । सबै मोटरसाइकल चोरीमा उनीहरुकै गिरोहको संलग्नता रहेको स्थानीयको दावी छ । चोरहरुसंग स्थानीय जनप्रतिनिधिको समेत मिलोमतो रहँदा उनीहरु पक्राउ नपरेको पनि स्थानीयको गुनासो छ । साभार:टुडेखोज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]