१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण तालिम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । टिम नेपो र एस टुगेदर वे कानको संयुक्त आयोजनामा प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण एक दिने तालिम सम्पन्न भएको छ।

जनकपुरमा मोडल मल्टिपल कलेजको सभा गोबिन्द्र साहको अध्यक्षतामा एक दिने प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपाका महिला नेतृ जुलि महाशेठले प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण तालीमको उदघाटन गरेका हुन।त्यसैगरी विशिस्ट अतिथीमा मोडल मल्टिपल कलेजका संचालक बिरेन्द्र साह ,अतिथीमा तरुण दलका धनुषाको उपाध्यक्ष राकेश बिक्रम साह लगाइतको उपस्थिति रहेको थियो।

सो तालिममा प्रदेश २ का आठ ओटै जिल्लाबाट १५० भन्दाबढी युवायुवतीहरुको उपस्थिति रहेको टिम नेपो प्रदेश २ का अध्यक्ष चुडामणिा यादवले बताएको छ।

प्रदेश स्तरीय नेतृत्व विकास तथा अभिमुखीकरण एक दिने तालीम दिनको लागी प्रशिक्षक निगम पौडेलले तालिम दिएको छ।तालिमको अन्तमा सहभागी सबै जनालाई प्रमाणपत्र समेत दिएको छ।

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]