०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

रौनियार युवा मञ्चको नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

न्यूजमधेश समाचारदाता,जनकपुरधाम । रौनियार युवा मञ्चको चयन भएको नयाँ कार्यसमितिको पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार रौनियार सेवा समितिमा आयोजित एक विशेष समारोहका बिच जनकपुरधाम रौनियार सेवा समितिका महासचिव तथा निर्वाचन समिति संयोजक प्रमोद कुमार गुप्ताले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

गत असोज २५ गते सर्वसम्मत निर्वतमान महासचिव शुनिल कुमार साहको अध्यक्षतामा १५ सदस्सीय पाँचौ नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा विनय प्रसाद साह, महासचिवमा रितेश कुमार गुप्ता, सचिवमा पंकज कुमार आजाद र कोषाध्यक्षमा संजय कुमार गुप्ता चयन भएका छन् । साथै ७ सदस्सीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
सल्लाहकारमा संतोष कुमार गुप्ता, विजय कुमार गुप्ता, शशि कुमार गुप्ता, जय प्रकाश गुप्ता, डा.राहुल गुप्ता, राकेश कुमार गुप्ता र रंजित कुमार गुप्ता चयन भएका थिए । नव निर्वाचित कार्यसमिति र सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । मञ्चको माओ संस्था रौनियार सेवा समिति जनकपुरधामका कार्यसमितिका अग्रज पदाधिकारीहरुले गरेको निर्णयमा युवाहरुले समर्थन जनाएका थिए ।

समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह, युवा कमिटिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]