१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

धनुषाको यदुकोहामा नेकपाका नगर स्तरीय कार्यलय उदघाटन

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम । धनुषाको यदुकोहामा नेपाल कमन्युष्ट पार्टी नेकपाको शहिदनगर स्तरीय कार्यालयको उदघाटन गरिएको छ ।

शनिवार यदुकोहा बजारमा एक विशेष समारोहको आयोजना गरि नेकपा शहिदनगर तथा नगर प्रमुख एवम प्रदेश कमिटि सदस्य उदय यादव बरबरियाको आयोजना भएको कार्यालय समुदघाटन तथा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपाका नेताहरु पार्टीको एकता व्यवहारमा समेत झल्किनु पर्ने भन्दै व्यवहारमै एक हुन आग्रह गरेका छन् ।

गंगाराम यादव, वरिष्ठ नेता, नेकपा
कार्यक्रममा उपस्थित केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इनचार्ज श्रवण यादव बरबरिया, योगनारायण यादव, रामचन्द्र मण्डल सहितका नेताहरुले नेकपा व्यवहारमा एक भए कुनै पनि शतिmले पराजित गर्न सक्ने अवस्था नरहेको बताए ।

समारोहमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, नेतृ फुलकुमारी महतो सहितको नेता कार्यक्रताहरुको सहभागिता थियो । कार्यक्रममा मैथली सांस्कृतीक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]