२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

कमला नगरपालिकामा समाजवादी पार्टीका चियापान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०२, २०७६

जनकपुरधाम।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीका नगर स्तरीय दिपावली, छठपर्व र पुर्णिामाको अवसरमा शुभकामदा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

समाजवादी पार्टीको नगर अध्यक्ष मनिकलाल मण्डलको अध्यक्षता र पार्टीका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाको प्रमुख अतिथीमा चियापान कार्यक्रम भएका हुन । समारोहलाई सम्बामेधन गर्दै साँसद अरगरियाले यहाँ सिँचाइको अभाव रहेकाले यस वर्ष सिँचाइमा जोड दिने बताए ।

कार्यक्रममा सहभागी र क्षेत्रबासीलाई आउदो दिपावली ,छ्ठपर्व र कार्तिक पुर्णिामाको शुभकामदा दिँदै उनले भने, ‘सिँचाइ अभावले सबभन्दा बढी समस्या किसान झेलिरहेका छन् । त्यसैले अब सिंचाइमा विशेष वजेट खर्चिन आवश्यक छ ।’ उनले यस क्षेत्र सडक निर्माण, शिक्षा र स्वास्थयमा समेत पछाडी परेकाले यसतर्फ पनि ध्यानाकर्षण भएको बताएका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य अरुण सिंह थिए । जिल्ला अध्यक्ष पशुपति यादव, जिल्ला सचिव घनश्याम यादव, जिल्ला सदस्य रामेश्वर यादव, लाल बहादुर यादव, युवा नेता विनोद रोहिता, ओम प्रकाश मण्डल लगायतको उपस्थिति रहेको थियो ।

साथै वडा अध्यक्ष राजकुमार यादव, बिशेश्वर यादव, राजेश्वर मरिक, कमला नगरका नेता दानी मण्डल, छठु मण्डल, लक्षमेशवर यादव, महिला नगर अध्यक्ष सुनिता साह, नगर युवा अध्यक्ष रामकुमार साह र कार्यक्रम संचालक त्रिलोक महतोले पनि कार्यक्रममा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]