०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

सिरहा प्रहरी द्वारा अवैध गाजा फडानी

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

मनोज बनैता, सिरहा । गत हप्ता देखि लागू औषध कारोबारलाई लगाम लगाउने सिलसिलामा सिरहा गोलबजारका प्रहरीले गोलबजार न.पा १० मा करीब ८ हजार ५ सय अवैध गाँजाको बिरुवा फडानि गरेका छन ।

गोप्य सुचना पाए लगतै हरकतमा आएका ईलाका प्रहरी कार्यालय गोलबजारका टोलि ले न.पा १० मा अवैध रुपमा उब्जाएको करीब ८ हजार ५ सय गाँजा उखेलेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका एसपी उमा चतुर्वेदीका अनुसार गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने छ ।

नेपालमा उब्जाएको गाजा भारतिय बजारमा महगो मुल्यमा बेच्ने गरिन्छ । श्रोत ले दावी गरे अनुसार भारतीय बजारमा प्रति किलो गाजाको मूल्य २० देखि २५ हजार पर्ने गर्छ । नेपाली बजार भन्दा भारतीय बजारमा लगभग दोब्बर मूल्य पाउने हुदा यहाँ गाजा ब्यवसायहरु वारि उब्जाएर पारी बेच्ने गर्छन ।

नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा रोप्न रकम दिने गरेको बताइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]