१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

प्रदेश २ का राजधानी जनकपुरमा २५ औं राष्ट्रिय कण्डम दिवस

Logo
प्रकाशित आइतबार, कार्तिक ०३, २०७६

न्यूजमधेश,जनकपुरधाम।प्रदेश २ को राजधानी जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय कण्डम दिवस मनाएको छ।

२५ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा शनिबार जनकपुरधामस्थित रंगभूमी मैदानबाट मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो । रंगभूमी मैदानबाट सुरु भएको र्याली जानकी मन्दिर,जनक चोक,शिवचोक,कदम चोक,मुरली चोक हुँदै जटही नाकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

फोटो: कपिल ठाकुर

कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको थियो । यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाएका छन् ।

कार्यक्रममा धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने, कण्डम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

रेडक्रस सोसाइटी धनुषाका सभापती नरेश प्रसाद सिंहको सभापतित्वमा आयोजित कार्यक्रमको संयोजन जिल्ला जनस्वास्थ्य कार्यालय धनुषा,रेडक्रस सोसाइटी धनुषा,जानकी आँखा अस्पताल जनकपुरधाम,जनकपुरधाम उपमहानगरपालिका लगायतले गरेका थिए भने जटही नाका आयोजित कार्यक्रमको समन्वय नगराइन नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष देवलाल यादवले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]