२६ पुष २०८२, आइतबार
11-01-2026 , Sun
×

ड्रग्समुक्त सिरहा अभियानमा लागेका सिरहा प्रहरी आफैं ड्रग्सले लठ्ठ

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

मनोज बनैता, लाहान, ४ कार्तिक ।  सिरहालाई लागू औषध मुक्त गर्ने अभियानमा लागेका सिरहा प्रहरीका हवल्दार सहित दुई जना लागू औषध सेवनकै कारण फन्दामा परेका छन । प्रतिबन्धित लागुऔषध सेवन गरेका हवल्दारसहित २ जनालाई ईलाका प्रहरी कार्यालय कचनारीले पक्राउ गरेका छन ।

ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत हवल्दार सुरेन्द्र राम र लहान नगरपालिका १९ का विरेन्द्र महतोको छोरा लगभग वर्ष २५ का रामशंकर महतो पक्राउ परेका हुन् । हवल्दार रामको दरबन्दी गुल्म २ जनकपुर गणमा रहेको सूचना आएको छ ।

प्राप्त सुचना अनुसार भारतको लोकहा बजारवाट लागुऔषध सेवन गरी सिमावर्ति क्षेत्र नर्गी चौकमा प्रहरी हवल्दार राम र साहले भारतबाट समान ल्याउनेसँग रकम माग्दा स्थानीयबीच विवाद भएको थियो । सोही क्रममा उनी दुवै जनालाई पक्राउ गरिएको कचनारी प्रहरीले जनाए ।

दुवै जनालाई प्रहरीले हिरासतमा लिएर कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]