११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

आलमको त्रासमा पीडित परिवार, दोषी उम्किए हामी बाँच्न पाउँदैनौं

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

रौतहट।विगत १२ वर्षअिघको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूहरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन्।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएको समाचार कान्तिपुर दैनिकमा छ।

रौतहट राजपुर फरहदवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं। अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं।’

श्रीनारायणको सरुअठस्थित घरमा शुक्रबार र शनिबार सादा पोसाकमा प्रहरी परिचालन भएको देखिएको थियो। पिन्टुसँगै मारिएका ओसी अख्तरको परिवारलाई पनि सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]