०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालन कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

जनकपुरधाम। बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा संचालित कार्यक्रम धनुषाको सहिदनगर नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता एकाइ माध्यमिक विद्यालय यदुकूहामा सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई बालविवाह र दाइजो प्रथा विरुद्ध विद्यालयमा कक्षा कार्यक्रममा बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने जनाउँदै त्यसमा विद्यार्थी बालक्लब, अभिभावक र विभिन्न गैर सरकारी निकायको सहयोग आवश्यक रहेको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी उपनिरिक्षक दिपक बाबु केसिले बताएको छ।

कार्यक्रमलाई सजिकरण गर्दै बलराम कापरीले बालबिबाहका कारण धेरै किशोरीहरुको मृत्युु समेत भैसकेकाले सो रोक्न सबै एकजुट हुन आवश्यक रहेको सहभागी विद्यार्थीहरुलाई जनकारी दिएका हुन।

उनले सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको अभावका कारण नै बालविवाह हुने गरेको बताउदै कापरीले विद्यार्थीलाई समयमै चनाखो हुनुपर्ने बताएका छ्न।

समग्र जन उत्थान केन्द्र लाहन,भिएसओ ,इन्टरनेसनल अलर्ट र ईलाका प्रहरी कार्यलय यदुकूहाको सहकार्य कार्यक्रम भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]