०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

पुर्वमेयर साह अष्ट्रेलियामा सम्मानित

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

जनकपुरधाम।जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साह अष्टेलियामा सम्मानित हुनुभएको छ ।

सिड्नीमा एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले पूर्वमेयर साहलाई सर्टिफिकेट अफ अनरबाट सम्मान गरेको हो । दशैं, दीपावली र छठ पर्वको अवसर एन्टाले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँलाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वमेयर साहले भिजिट नेपाल २०२० लाई सफल पार्न अष्टेलियामा बसिरहेका नेपालीहरूसँग आग्रह गर्नुभयो । उहाँले धार्मिक तथा पौराणिक नगरी जनकपुरधामको भ्रमण गर्न पनि आग्रह गर्नुभयो ।

पूर्वमेयर साहले त्रेतायुगमा भगवान राम र माता सीताको विवाहको स्मरणमा हुँदै आएको विवाहपञ्चमीको तयारी जनकपुरधाममा तीव्र गतिमा भइरहेको भन्दै यो महोत्सवमा सहभागी हुन पनि आग्रह गर्नुभयो । कार्यक्रममा पूर्वमेयर साहले एन्टा अष्टेलियाका अध्यक्ष प्रवीण चौरसियालाई मिथिला पेन्टिङ हस्तान्तरण गर्नुभएको थियो ।

त्यसक्रममा उहाँले पर्यटकीय क्षेत्र जनकपुरधामको प्रचार प्रसारका लागि विभिन्न किसिमका सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा एन्टा अष्ट्रेलियाकी उपाध्यक्ष संगीता साहसहित पदाधिकारीको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]