२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न

Logo
प्रकाशित सोमबार, कार्तिक ०४, २०७६

राकेश मैथिल , दोहाकतार । नेपाली धानुक सेवा समाज कतारको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आफ्नो जातीय परम्परा सस्कार र सस्कृतिलाई जगेर्ना गर्दै सामाजिक सेवामा आफ्नो अभियानलाई अगाडी लैजाने उदेश्य रहेको छ ।

गत शुक्रबार सनैहिया स्थित ग्रेन्ड मलमा भएको अधिवेशन सुरेश कुमार मण्डलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समाजले ९ सदस्यीय कार्य समिति सहित ४ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ ।

समितिको अध्यक्षमा श्री जय राम मन्डलले चयन भएको छ।त्यसैगरी उपाध्यक्षमा श्री उदय कुमार मन्डल, सन्जय मन्डल ,कोषाध्यक्षमा बिदेश राम मण्डल ,सचिव सुर्य नारायण मन्डल,सह- सचिव सुनिल कुमार मन्डल र सदस्यीयहरुमा श्री बद्री मन्डल, भरत मन्डल र बाल कृष्ण मन्डल पनि रहेको छ।त्यसैगरी सल्लाहकार संयोजकमा श्री सुरेश मण्डल ,वरिष्ठ सल्लाहकारमा राम दयाल मन्डल, सल्लाहकारमा कालेस्वर मन्डल, जगत लाल मन्डल र राजाराम मण्डलले पनि रहेको छ।

नेपाल युवा संघका अध्यक्ष संजिव कुमार झा ( सुरज )को प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ।विशिस्ट अतिथिमा कालेश्वर मण्डल रहेको थियो।

त्यसैगरी हेल्फ मधेस, गैर अबासीय मधेसी संघ, सिरहा सेवा समिति , धनुषा सेवा समाज, नेपाली समाज कतार , तराई मधेस प्रबास मन्त्र कतार , मगर संघ कतार र तमाङ घेदुङ प्रबास कार्यसमिति कतारका प्रतिनिधिहरुको समेत उपस्थित रहेको नेपाली धानुक सेवा समाज कतारका सल्लाहकार जगत लाल मण्डलले जनकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]