०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रहरीले उल्टाए पुरानो फाइल अब पक्राउ पर्ने उपप्रधानमन्त्री यादवको पालो ?

Logo
प्रकाशित मंगलबार, कार्तिक ०५, २०७६

रौतहट । धमाधम पावरफुल व्यक्तिहरु पक्राउ पर्न थालेपछि अन्य नेताहरुसमेत त्रसित भएका छन्। प्रहरीले विगतका राजनीतिक आवरणमा छोपिएका अपराध खोतल्ने डरले उनीहरु डराएका छन्।

गृहमन्त्रीका भाइदेखि सभामुख कृष्णबहादुर महरासम्म प्रहरी फन्दामा परिसकेका छन्। यसले अपराधमा संलग्न अन्य नेताहरुलाई पनि त्रसित बनाएको हो । विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाहरुको फाइल पल्टाउने प्रहरीको तयारी छ।

रौतहटको १२ वर्षअघिको घटनामा कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम प क्राउ परेपछि रौतहटकै अन्य पुराना घटनाको अनुसन्धानको दबाब प्रहरीमाथि परेको छ। यसरी पुराना घटनाको अनुसन्धान भएमा सरकारका उपप्रधानमन्त्रीकै पद खुस्कने निश्चित छ।

हाल स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री उपेन्द्र यादवविरुद्ध जाहेरी जिल्ला अदालत रौटहटमै १३ वर्षदेखि विचाराधीन रहेको समाचार आजको दृष्टि साप्ताहिकमा प्रकाशित छ।

७ चैत २०६३ मा गौर नर संहार भएको थियो। जसमा २७ जना माओावदी कार्यकर्ताको विभत्स हत्या भएको थियो। माओवादी कार्यकर्ताहरुलाइ लखेटी लखेटी विभत्स ढंगले हत्या भएको थियो। त्यो घटनामा तत्कालीन मधेशी जनाधिकार फोरमका नेता यादव विरुद्ध मृतकका परिवारले उजुरी दिएका थिए।

तर अहिलेसम्म त्यो घटनाको अनुसन्धान प्रहरीले गरेको छैन। आलमलाई पक्राउ गरेपछि यादवलाई पनि पक्राउ गरी कारबाही गर्न गौर हत्याकाण्डका पीडितहरु प्रहरीमा जानथालेको स्रोत बताउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]