०३ मंसिर २०८२, बुधबार
19-11-2025 , Wed
×

डा सीके राउतका चार कार्यकर्ताले पाए सफाई

Logo
प्रकाशित बुधबार, कार्तिक ०६, २०७६

राजबिराज । जिल्ला अदालत सप्तरीले डा सीके राउत नेतृत्वका तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका छ्न ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलसले तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार जना कार्यकर्तालाई सफाइ दिएका हुन ।

अदालतले गठबन्धनका सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई सफाइ दिएको छ।उनीहरुलाई सप्तरी प्रहरीले तिलाठी कोइलाडीबाट गत २०७५ माघ ५ गते फ्री मधेस लेखिएको ब्यानर सहित पक्राउ गरेको थियो ।

विद्यालय जाने उमेरका बालबालिकाहरुलाई प्रलोभन देखाई पोस्टर टाँस्ने कार्यमा सहभागी गराएको आरोपमा पक्राउ गरेको थियो।उनीहरुविरुद्ध सप्तरी प्रहरीले “बालबालिका ऐन २०७५” अन्तर्गत “बालबालिका दुरुपयोग कसुर”मा कारवाही गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]