०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

११ राष्ट्रसेवक सम्मानित

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

विकाश साह,जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ स्थित रामजानकी टेक्निकल इन्स्टिच्यूट, मिथिला टेक्निकल एकेडमी र रामजानकी कोचिङ सेन्टरले संयूक्तरुपमा आफ्ना पूर्वविद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

विहीवार आयेजित स्वागत तथा सम्मान कार्यक्रममा मिथिला टेक्निकल एकेडमीको पहिलो ब्याचबाट हेल्थ असिस्टेन्ट उत्तिर्ण गरी नेपाल सरकारको जागिर प्राप्त गर्न सफल भएका ११ जना पूर्वविद्यार्थीलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा विमलराज विक्रम साह, विन्देश्वर साह, धर्मनाथ प्रसाद साह, गोविन साह, निक्की पाठक, निशु कर्ण,श्रुती कर्ण, रामनिवास यादव, संजय कुमार यादव (ए), रामकैलाश साह र संजय कुमार यादव (बी) रहेका छन् । कार्यक्रममा तीन वटै संस्थामा नयाँ भर्ना भएका १ सय २१ विद्यार्थीलाई प्रमुख अतिथि प्रा.डा. चन्द्रकिशोर सिंहले स्वागत समेत गरेका थिए ।

आयोजकको तर्फबाट बरिष्ठ शिक्षक रामबहादुर पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मिथिला टेक्निकल एकेडमी तथा रामजानकी टेक्निकल इन्स्टिच्यूटका प्रिन्सिपल शैलेन्द्र साह, रामजानकी कोचिङ सेन्टरका प्रिन्सिपल गणेश कुमार साह, शिक्षक ओम चौधरी, श्रीचन्द्र साह, राजु दास लगायत शैक्षिक क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]