०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

मिटर बंग्याएर कम तेल बिक्री गर्ने सिरहाको महतो फ्युल सेन्टरमा शिलबन्दी

Logo
प्रकाशित बिहिबार, कार्तिक ०७, २०७६

लहान । सिरहाको विष्णुपुर गाउँपालिका वडा.५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी बिक्रीवितरणमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति ५ लिटर पेट्रोलमा १ सय मिलिलिटर र प्रति ५ लिटर डिजेलमा १ सय ४० मिलिलिटर कम गरी बिक्री गरिरहेको फेला पारेपछि शिलबन्दी गरी बिक्रीवितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सिरहाका सूचना अधिकारी कमल आचार्यले जानकारी दिए।

उक्त फ्युल सेन्टरको डिस्प्ले युनिट नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको जिम्मामा रहनेगरी शिलबन्दी गरिएको सूचना अधिकारी आचार्यले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]