२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपालगन्जमा फर्निचर गोदाममा आगलागी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

बाँके । नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ ।

सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथासँगै रहेका गोदाममा बिहीबार आगलागी भएको हो । लागलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रण आइसकेको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेकाले अहिले नै यकिन नभएको प्रवक्ता सिंहले बताउनुभयो । “अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गर्ने हो”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । फर्निचर पसलमा आगलागी भएपछि बिपी चोक नजिकै घनाबस्तीको बीचमा पेट्रोलपम्प रहेकाले उच्च सतर्कता अपनाइएको सिंहले बताउनुभयो ।

पसलमा तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ एवं फर्निचर जलेका छन् । यसअघि पनि सोही स्थानमा रहेका एक दर्जन बढी फर्निचर पसल तथा गोदाममा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]