१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

दोस्रो मिथिला कपको उपाधी बजाज युथ क्रीकेट एकेडेमी सप्तरीले जित्यो

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

राजविराज । दोश्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनल खेलमा बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले उपाधी जितेको छ ।

रंजितपुर राईडर्सद्वारा आयोजित दोस्रो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी छिन्नमस्ता योंग ११ बरहीबिरपुरलाई हराउदै बजाज युथ क्रीकेट एकेडेमी (सप्तरी)ले कब्जा जमाएको छ ।

मबिव क्याम्पसको खेलमैदानमा संचालन भएको खेलमा बरहीबिरपुरलाई ७ बिकेटले पराजित गर्दै बजाज युथ क्रीकेट एकेडेमीले उपाधी माथी कब्जा जमाएको हो ।

बरहीबिरपुरले निर्धारित २० ओभरको खेलमा १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा बजाज युथले ७ विकेट्ले बिजय हासिल गर्दै उपाधी जितेको छ ।

प्रतियोगिता अन्तर्गत कुल १६ टिमहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता टिम बजाज युथ क्रीकेटले नगद रु ५१ हजार र उपबिजेता बरहीबिरपुरले नगद रु ३१ हजार सहित ट्रफी प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]