२८ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

साइकल पाएपछि छात्राहरुको थप शिक्षातर्फ आकर्षण बढ्ने : नगरप्रमुख यादव

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

श्यामसुन्दर यादव,राजविराज । प्रदेश २ सरकारको ‘बेटी पढाउँ – बेटी बचाउ ’ अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नं.५ स्थित रहेको चन्द्रा नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई शुक्रवार एक समारोहकाबीच साइकल वितरण गरेको छ।

बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच छात्राहरुलाई साइकल प्रदान गरिएको हो । समारोहमा बोल्दै नगर प्रमुख यादवले साइकल पाएपछि छात्राहरुको थप शिक्षातर्फ आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

विद्यालयमा टाढा–टाढासम्मका छात्राहरु अध्ययरत रहेको जानकारी गराउँदै नगर प्रमुख यादवले उनीहरुलाई विद्यालयसम्म आउजाउ गर्न सहज बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवको अध्यक्षतामा आयोजना गरिएको समारोहमा कक्षा ८ मा अध्ययरत ५६ जना छात्राहरुलाई साइकल प्रदान गरिएको छ ।

समारोहमा नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, विद्यालयको दाता परिवारका अनिरुद्धकुमार सिंह यादव, वृजेन्द्रकुमार सिंह यादव, गजेन्द्रकुमार सिंह यादव र दिलिपकुमार सिंह यादव लगायतकाले प्रदेश सरकारले सुरु गरेको छात्राहरुकालागि साइकल वितरण कार्यक्रमलाई प्रशन्सा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]