१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

साइकल पाएपछि छात्राहरुको थप शिक्षातर्फ आकर्षण बढ्ने : नगरप्रमुख यादव

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०८, २०७६

श्यामसुन्दर यादव,राजविराज । प्रदेश २ सरकारको ‘बेटी पढाउँ – बेटी बचाउ ’ अभियान अन्तर्गत सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नं.५ स्थित रहेको चन्द्रा नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई शुक्रवार एक समारोहकाबीच साइकल वितरण गरेको छ।

बोदे बरसाईन नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच छात्राहरुलाई साइकल प्रदान गरिएको हो । समारोहमा बोल्दै नगर प्रमुख यादवले साइकल पाएपछि छात्राहरुको थप शिक्षातर्फ आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

विद्यालयमा टाढा–टाढासम्मका छात्राहरु अध्ययरत रहेको जानकारी गराउँदै नगर प्रमुख यादवले उनीहरुलाई विद्यालयसम्म आउजाउ गर्न सहज बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादवको अध्यक्षतामा आयोजना गरिएको समारोहमा कक्षा ८ मा अध्ययरत ५६ जना छात्राहरुलाई साइकल प्रदान गरिएको छ ।

समारोहमा नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, विद्यालयको दाता परिवारका अनिरुद्धकुमार सिंह यादव, वृजेन्द्रकुमार सिंह यादव, गजेन्द्रकुमार सिंह यादव र दिलिपकुमार सिंह यादव लगायतकाले प्रदेश सरकारले सुरु गरेको छात्राहरुकालागि साइकल वितरण कार्यक्रमलाई प्रशन्सा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]