२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

मातृभाषाको संरक्षण गर्नको लागी म सदनमा मधेसीभाषामै बोल्छु : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा संघीय साँसद उमाशंकर अरगरियाले मातृभाषाको संरक्षण गर्नको लागि म संदनमा पनि मधेेेेभाषामै बोलेको धारणा राखेका हुन।

धनुषाको जनकनन्दिनी गाउपालिका ६ कठालमा समाजवादी पार्टीद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखे । उनले भने, ‘मातृभाषाको संरक्षण गर्न म सदनमा पनि मगहिभाषामा बोल्छु । अब अन्तराष्ट्रिय जगतले पनि बुझन् सकुन भनेर ट्रान्सलेटर राख्न आवश्यक छ ।’ धनुषा क्षेत्र नम्बर २ बाट संघीय साँसदमा निर्वाचित अरगरियले आफ्नो क्षेत्रबासीलाई शुभकामना समेत दिए । कार्यक्रममा विशिष्ट अतिथी समाजवादी पार्टी प्रदेश २ का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य सांसद शैलेन्द्र यादव, अतिथीमा पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा कमला नगरपालिकाको अध्यक्ष मनिकलाल यादव, अब्दुल शेख, विजय पासमान, युवा नेता उमेश कुमार यादव, जनकन्दिनी गाउपालिका १ का निर्वाचित वडा अध्यक्ष धर्मेन्द्र गोइत, वडा ६ का वडाध्यक्ष विक्रम यादवले पनि शुभकामना मन्तव्य राखेको थियो ।

समाजवादी पार्टीका जनकनन्दिनी गाउँपालिका धनुषाको अध्यक्ष राधेश्याम यादवको अध्यक्षतामा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]