०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

रुपन्देहीको खुनगाइमा जनमत पार्टीका शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक ०९, २०७६

रुपन्देही । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१ स्थित खुनगाइमा जनमत पार्टीको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवले मधेसी, आदिवासी जनजाति, दलित समुदायको अधिकारको लागि लड्ने अव जनमत पार्टी मात्र रहेको दाबी गरेका छ्न।उनले अधिकार सुनिश्चितताको लागि उत्पीडित समुदायहरुलाई एकजुट भएर जनमत पार्टीमा आउन आग्रह गरेका थिए।कार्यक्रममा पार्टीका जिल्ला नेता चन्द्रशेखर बर्मा ,युवा नेता संजय कुमार मिश्र,सागर बर्मा, ओम प्रकाश यादव , सुनिल यादव र बिकास प्रसाद लोधसहित शुभकामना मन्तव्य राखेको थियो ।त्यसैगरी शिवचरन केवाट, कृष्न कोहर , गोविन्द धवाल र धर्मेन्द्र लोध लगाइतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रम संचालक रामकेश गुप्ताले जानकारी दिए।गुप्ताका अनुसार शुभकामना अदानप्रदान कार्यक्रम शिव शंकर कुर्मीको अध्यक्षतामा सम्पन्न भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]