२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

तिहारको लागि घर पोत्न माटो खन्ने क्रममा १ बालिकाको मृत्यु ,दुई घाइते

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

राजबिराज । तिहारमा घर पोत्न माटो खन्ने क्रममा सप्तरीको कञ्चनरुप ११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको कन्चनरुप नगरपालिका-११, गोरपार निवासी पवन सरदारकी छोरी १३ वर्षिया पुस्पाकुमारी सरदारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए।

यसैगरी पुस्पाकुमारीसँगै गोरपारमा कमेरो माटो खन्दै गरेकी सोही ठाउँका लागु सरदारकी छोरी १५ वर्षिया मन्त्रिता सरदार गम्भीर घाइते भएकी छिन्। ढिस्कोले पुरिएर उनको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन् । घुँडामुनिको सवै भाग छुट्टिएको मिश्रले जानकारी दिए। घाइतेको विराटनगरस्थित नोवेल हस्पिटलमा उपचार भइरहेको छ।

सोही ठाउँका मनिलाल सरदारकि १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताए । सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको बताए । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको कन्चनरुप नगरपालिका ११ भुवनपट्टीस्थित चुरे पहाडको वक्धुवा खोलामा माटो खन्न गएका बेला उनीहरुलाई ढिस्कोले पुरेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]