१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

राजपा नेपालमा ६ नेताको सिन्डिकेटका कारण लथालिंग

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डलमा रहेका ६ नेताको सिन्डिकेटका कारण लथालिंग अवस्थामा पुगेको छ । अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा रहेका छन् । यी ६ जना नेताहअध्यक्ष रहेको छुट्टाछुट्टै पार्टी थियो, जुन एकीकरण गरी राजपा बन्यो ।

चक्रिय प्रणालीअनुसार प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने सहमति पार्टी एकीकरणको बेला भएको थियो । अहिले अध्यक्ष मण्डलको संयोजक ठाकुर रहेका छन् ।

राजपा नेपालका एक पदाधिकारीका अनुसार पार्टीमा ६ नेताको सिन्डिकेट छ । पार्टी विधिवत् र लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि नबढ्नुको मुख्य कारण अध्यक्ष मण्डलका ६ नेताले सबै अधिकार आफूमा सीमित राख्नु नै रहेको उनले प्रस्ट पारे ।

‘पार्टी त ६ नेताको सिन्डिकेटकै आधारमा चलेको छ, उनीहरूको चाहनाविपरीत पार्टी जान सक्दैन्,’ राजपा स्रोतले भन्यो, ‘उनीहरू आफैँ महाधिवेशन मिति तोक्ने र आफैँ स्थगित गर्ने, संगठनको काम पनि चुस्तदुस्त नबनाउने, समग्रमा हेर्ने हो भने, पार्टीको अवस्था लथालिंग छ ।’ राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]