११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

राजपा नेपालमा ६ नेताको सिन्डिकेटका कारण लथालिंग

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डलमा रहेका ६ नेताको सिन्डिकेटका कारण लथालिंग अवस्थामा पुगेको छ । अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा रहेका छन् । यी ६ जना नेताहअध्यक्ष रहेको छुट्टाछुट्टै पार्टी थियो, जुन एकीकरण गरी राजपा बन्यो ।

चक्रिय प्रणालीअनुसार प्रत्येक दुई महिनामा अध्यक्ष मण्डलको संयोजक परिवर्तन हुने सहमति पार्टी एकीकरणको बेला भएको थियो । अहिले अध्यक्ष मण्डलको संयोजक ठाकुर रहेका छन् ।

राजपा नेपालका एक पदाधिकारीका अनुसार पार्टीमा ६ नेताको सिन्डिकेट छ । पार्टी विधिवत् र लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि नबढ्नुको मुख्य कारण अध्यक्ष मण्डलका ६ नेताले सबै अधिकार आफूमा सीमित राख्नु नै रहेको उनले प्रस्ट पारे ।

‘पार्टी त ६ नेताको सिन्डिकेटकै आधारमा चलेको छ, उनीहरूको चाहनाविपरीत पार्टी जान सक्दैन्,’ राजपा स्रोतले भन्यो, ‘उनीहरू आफैँ महाधिवेशन मिति तोक्ने र आफैँ स्थगित गर्ने, संगठनको काम पनि चुस्तदुस्त नबनाउने, समग्रमा हेर्ने हो भने, पार्टीको अवस्था लथालिंग छ ।’ राजधानी दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]