२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

तिहारका कारण बजारमा चहल पहल बढ्यो

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

जनकपुरधाम। धनुषा जिल्लाको यदुकूहा,तिनकौरिया लगायत मधेसको विभिन्न जिल्लाभर तिहारका कारण यसबेला बजारमा चहल पहल पनि बढेको छ। सडक किनारामानै तिहार लक्षित विभिन्न सामग्रीको व्यापारमा उपभोक्ताको निक्कै भिड देखिन्छ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार भित्रिएसङै फूल र बत्तीको झिलिमिलीको पर्व भनिने तिहारमा दियोको प्रयोग महत्वपूर्ण मानिन्छ । यही कारण माटो तथा धातुका दियो, विद्युतीय बत्ती तथा अन्य बढी प्रकाश दिने विभिन्न प्रकारका सामग्रीको कारोबारसमेत बढेको ब्यपारीले जनाएको छ ।

दैनिक उपभोग्य बस्तु, कपडा लगायतका सामाग्रीको व्यापार खासै नबढेको व्यवासायीको भनाई छ। तिहारमा पूजाका लागि चाहिने सामाग्रीको व्यापार बढे पनि अन्य सामग्रीका लागि भने सिमावर्ती बजार जाने प्रचलनले स्थानीय बजार उक्सन नसकेको उनिहरुको अनुभव छ।

चाडपर्व तथा बिवाहका लागि कपडा किन्न भारतको जयनगर , दुहवी र हरिने जाने चलन बढेकाले स्थानीय व्यवसाय सुस्त भएको तयारी कपडा व्यवायी रहेका रामबाबु शर्माले बताए।केही वर्षयता विद्युतीय बत्तीको अधिक उपोग हुने गरेको भए पनि माटोका दियो अर्थात पालाप्रतिको मोह भने उच्च नै पाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]