२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

रौतहट युवा संजाल गठन अध्यक्षमा साह

Logo
प्रकाशित मंगलबार, कार्तिक १२, २०७६

रौतहट । जिल्ला भरका युवाहरूको साझा संगठन रौतहट युवा संजाल गठन भएको छ।

रौतहट सदमुकाम गौरमा चन्दन कुमार साहको अध्यक्षता बसेको बैठकबाट १४ सदस्यीय समिति गठन भएका छ्न।नवगठीत नेटर्वकको उपाध्यक्षमा शितान्शु सिंह, महासचिव मुन्नी पटेल, सचिव आदर्श सहनी, सहसचिव पप्पु कुमार यादव र कोषाध्यक्षमा नरेन्द्र यादव रहेका छन् ।

त्यस्तै सदस्यमा सन्दीप कुमार प्रजापति,आदित्य तिवारी,आशुतोष गुप्ता ,रविन्द्र कुमार यादव ,अरविन्द जयसवाल,सुमित जयसवाल, अविनाश साह लगायतका रहेको उपाध्यक्ष शितान्शु सिंहले जानकारी गराएको छ ।

समाजिक समस्याहरुको उजागर र त्यसका समाधानका लागि पहलन गर्ने उदेश्यका साथै १४ सदस्य रौतहट युथ नेटर्वक आज गठन भएको हो।
समाजमा ओझलमा परेको समस्यहरुको समाजिक अभियान थालनी साथ रौतहट युथ नेटवर्क को गठन गरिएको र यसमा देशै भरीको युवाहरुलाई समावेश गराउने सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन् । शुक्रबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरु जनमत प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत खादा र अबिर […]

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नयाँ सुविधा सम्पन्न होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ कदमचोकस्थित होटल कालिका एन्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो । (सोमबार) विधिवत रूपमा रिबन काटेर होटलको उद्घाटन गरिएको छ । कदमचोकदेखि शिवचोक जाने बाटोमा राजश्री बैंकको अगाडि र सेन्टर मार्टको माथिल्लो तल्लामा रहेको सो रेष्टुरेन्ट सुविधा […]

जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ। धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिराहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने […]