०९ आश्विन २०८०, मंगलबार
26-09-2023 , Tue
×

जुवातास खेलिरहेका आठ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

सिरहा । सिरहाको सिरहा नगरपालिका १५ बाट जुवातास खेल्ने ८ जना पक्राउ परेका छ्न ।

सोमबार राती सिरहाको सिरहा नगरपालिका १५ मार्डर स्थित जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटीएको गस्ती टोलीले गोप्य सुचनाको आधारमा जुवा तास खेलीरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेका हुन ।

उनीहरुको साथबाट नगद नेपाली त्रेहतर हजार छ सय पाँच रुपैया र भारु बाह्र हजार रुपैया समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ।

पक्राउ पर्नेहरुमा जिल्लाको सिरहा न.पा.१४ बस्ने बर्ष २६ को नुर खान,सोही ठाउँ बस्ने बर्ष ३८ को मोहमद रफिक,बर्ष २५ को जावेद खान,१५ बस्ने बर्ष ४७ को श्याम कुमार यादव,सोही ठाउँ बस्ने बर्ष २९ को रंजित यादव,बर्ष २८ को दिनेश यादव ,बर्ष ३५ को संजिव कुमार महतो, गोलबजार न.पा. ८ बस्ने बर्ष ३३ को सिकेन्द्र साफी रहेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपाल प्रहरीको नारा छ – मुस्कानसहितको सेवा । तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन । अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ । सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी […]

काठमाडौँ । आन्दोलनमा रहेका शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् । राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ […]

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए । पूजापश्चात् राष्ट्रपति पाैडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् । उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक […]