१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनकपुरका साइकल यात्री रंजितले आमाडब्लम हिमालको शिखरमा

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

कुम्भराज राई,ओखलढुंगा ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का ३३ वर्षिय रन्जित साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका छन् । पानपसल सन्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन् ।

उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए ।
आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमाडब्लम आरोहण गरेका हुन् । सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा उनले हिमाल आरोहण गरेको बताए ।

आमाडब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । नौ घण्टापछि शिखर चुम्न सफल भएको पिक प्रमोशन प्रालिका प्रबन्धक आङबाबु शेर्पाले बताए । रन्जितले आमाडब्लमको सफल आरोहण पछि सगरमाथा आरोहण गर्ने आत्मविश्वास थपिएको प्रतिक्रिया दिए ।साभार : कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]