१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

जनकपुरका साइकल यात्री रंजितले आमाडब्लम हिमालको शिखरमा

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

कुम्भराज राई,ओखलढुंगा ।धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का ३३ वर्षिय रन्जित साहले मंगलबार बिहान ७ बजे सोलुखुम्बुको ६ हजार ८ सय १२ मिटर उचाईको आमाडब्लम हिमाल आरोहण गरेका छन् । पानपसल सन्चालन गर्दै आएका रन्जित साइकलयात्री हुन् ।

उनी एक महिना अघि मात्रै हिरो साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए ।
आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भई उनले सफलता पूर्वक आमाडब्लम आरोहण गरेका हुन् । सगरमाथा आरोहणको पूर्व तयारीको रुपमा उनले हिमाल आरोहण गरेको बताए ।

आमाडब्लमको दोश्रो शिविरबाट सोमबार साँझ ८ बजे शिखरका लागि उनको टोली अघि बढेको थियो । नौ घण्टापछि शिखर चुम्न सफल भएको पिक प्रमोशन प्रालिका प्रबन्धक आङबाबु शेर्पाले बताए । रन्जितले आमाडब्लमको सफल आरोहण पछि सगरमाथा आरोहण गर्ने आत्मविश्वास थपिएको प्रतिक्रिया दिए ।साभार : कान्तिपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]