०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

धनुषाको बरमझियामा भोली श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न डा सीके राउत आउदै

Logo
प्रकाशित बुधबार, कार्तिक १३, २०७६

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् वैज्ञानिक डा. सिके राउत विहिबार (भोली) धनुषाको बरमझिया आउने भएको छ ।

वैदेशिक रोजगारीको क्रममा सडक दुर्घटनामा परी मृत्यू भएका स्वराजी (डा. सिके राउत निकट समर्थक तथा कार्यकर्ता) बिनोद यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न कार्तिक १४ गते बिहिबार धनुषाको बरमझिया आउन लागेको जनमत पार्टीका केन्द्रीय सदस्य एवम् गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष बसन्त कुशवाहाले जानकारी दिए ।

कुशवाहाका अनुसार गत असोज ११ गतेमै आयोजना गरिने भनिएको स्वराजी यादवको श्रद्धाञ्जली सभा बरमझियामा बर्षाका कारण स्थगित गरिएको थियो ।
गैर आवासीय मधेशी संघका सदस्य समेत रहेका यादवको सडक दुर्घटनामा सउदीको अल खर्जमा ४ जुलाई २०१९ मा उपचारको क्रममा मृत्यू भएको थियो । गणेशमान चारनाथ नगरपालिकाको बरझीया स्थित रहेको नहरचोक फुटबल ग्राउण्डमा विहिबार विहान ११ः३० बजे श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष कुशवाहाले दिएका छन् ।

वैज्ञानिक समेत रहेका डा. सिके राउतको आगमनपछि भारी सँख्यामा उनका समर्थक तथा उनलाई सुन्नको लागि पनि सर्वसाधारणहरु आउने बताइएको छ ।

गैर आवासीय मधेशी संघका सँस्थापक अध्यक्ष समेत रहेका डा. राउतले सउदी अरबमा सडक दुर्घटनामा मृत्यू भएका बीनोद यादवको परिवारप्रति सहानुभूति तथा गैर आवासीय मधेशी संघको तर्फबाट यादवको परिवारलाई राहत सहयोगको कार्यक्रम समेत रहेको जनाइएको छ । उनको मृत्यू पश्चात त्यहाँ स्थित रहेको राजदुतावासबाट गैर आवासीय मधेशी संघको सहयोगमा शव नेपाल ल्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]