१३ आश्विन २०८०, शनिबार
30-09-2023 , Sat
×

सिरहाको ईटहर्वा प्रा. वि. को अवस्था दयनिय बन्दै

Logo
प्रकाशित शुक्रबार, कार्तिक १५, २०७६

महेश सिंह , सिरहा । सिरहाको सखुनन्कारकट्टि गाँउपालिका ५ मा रहेको श्री आधारभुत विद्यालय इटहर्वाको अवस्था दयनिय भएको छ ।

विगत तिन चार महिना देखि प्र. अ. लखन मण्डललाई प्यारालाइसिस बिरामीले समातिए पछि वहाँ विद्यालयको लागि पुर्ण समय नदिईएको शिक्षिका विना कुमारी यादवले बताएकी छिन् । भौतिक संरचना दुरुस्त भए पनि शौचालयको अवस्था जिर्ण रुपमा देखियो ।

विधार्थीहरु खुल्ला ठाँउमा शौच गरे पनि हामी शिक्षिकाहरुलाई शौचालय जान कठिनाइ भइरहेको शिक्षिका यादवले गुनासो गरीन । यो विद्यालयमा कहिले पनि राम्रोसंग पढाइ हुदैन शिक्षकहरु समयमा आइदिदैन ।

शिक्षकहरु राजनितिक कुरा गर्छन । यसमा पहुचवाला शिक्षक रहेको र विद्यालयमा पढाइ नभएको स्थानिय युवा सन्तोष यादवले आक्रोस पोखे । विगत चार पाँच वर्ष देखि विद्यालयको हर हिसाव प्र. अ. ले नदिएको र विगत एक वर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेकोले विद्यालयको यस्तो दुरदसा भएको हो ।

शिक्षकलाई पढाउनु भन्दा उल्टै पावरको धाक लगाउने स्थानिय राप्रपाका नेता जिवछ मरवैताले गुनासो गरेका हुन् ।विद्यालयमा दुइ दरवन्दि शिक्षक, तिन बाल बिकास शिक्षिका र एक कार्यलय सहयोगी गरी जम्मा छ जना कार्यरत रहेका छन् । कक्षा तिनसम्म संचालन रहेको सो विद्यालयमा विधार्थी संख्या भन्न नचाहे पनि पुरै विद्यालयमा जम्मा जम्मी दश जना विधार्थीहरुको उपस्थिती देखिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रामाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, […]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]