२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

राष्ट्रपति भण्डारीद्वारा अस्ताउँदो सूर्यलाई अर्ग अर्पण

Logo
प्रकाशित शनिबार, कार्तिक १६, २०७६

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ ।

भण्डारीले काठमाण्डौको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा तथा आराधना पनि गर्नुभएको छ । सूर्यलाई अर्घ्य अर्पण गर्ने अवसरमा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मन्त्रीपरिषद्का सदस्यहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शनिबार अपरान्ह कमल पोखरी पुगेर छठी माईको पूजा आराधना गर्नु भएको छ।

शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सुरु भएको छठ पूजा आइतबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा आराधनापछि अर्घ्य दिइन्छ ।

छठ पर्वका अवसरमा देशैभरिका पोखरी, ताल र नदीमा श्रद्धालुको उपस्थिति हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]