१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

गैर आवासीय मधेशी संघ विभिन्न देशमा धुमधामको साथ मनाए छठ पर्व

Logo
प्रकाशित आइतबार, कार्तिक १७, २०७६

शिव कुमार पाल,दोहा कतार।विश्वको विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान पर्व छठ धुमधामका साथ मनाएका छन। कतारको दोहामा २-३ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन ।

मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले अमेरिका, कतार, साउदी, दुबईलगायतका देशहरुमा छठ पर्व मनाएको हो।

कतारमा भएको छठमा मधेशीहरुको उलेख्य रुपमा सहभागिता रहेको जानकारी कतारको वरिष्ठ उपाध्यक्ष शिव कुमार पालले जानकारी गराउनु भो। कतारको दोहामा विशेष कार्यक्रम गरी एनआरएमएले छठ मनाएको छ भने अमेरिकामा पनि विशेष समारोहको आयोजना गरिएको थियो।

गैर आवासीय मधेशी संघका प्रतिनिधि हरु सुरेंद्र नारायण यादव, बीरेन्द्र कुमार शाह, बद्री यादव, चन्द्रबीर यादव, सरोज प्रसाद शाह, शिव कुमार पाल, राम नंदन गुप्ता, संजय शाह, राम जनम शर्मा, जीतेन्द्र कुमार महतो र संघका अन्य प्रतिनिधि सदस्य हरुको सहभागिता रहेको थियो। त्यस्तै कतारमा रहेका अन्य मधेशी संघ संस्थाका प्रतिनिधि हरुको पनि भारी संख्यामा सहभागिता रहेको थियो।

त्यस्तै साउदीमा रहेका एनआरएमएका सदस्यहरुले पनि छठ मनाएका छन् भने दुबईमा पनि छठ मनाइएको छ। तेस्सै गरि विश्वभरी रहेका एनआरएमएका साखा स्पेन, कुवैत, भारत, सऊदी अरबिया, सायप्रस ,चीन, मलेशिया, स्वीडन, ओमान, दक्षिण कोरिया, ऑस्ट्रेलिया, संयुक्त अधिराज्य र सिंगापुरको सदस्यहरुले पनि छठ मनाएका छन।

न्यूजमधेशसँग कुराकानी गर्दै एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ पर्व आयोजना गरिएको थियो । जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे र उनले छठलाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे।

छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यको पूजाआजा तथा अर्घ दिएर आफ्नो व्रत तोडेका छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पनि समापन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]